इन्धनको मुल्य वृद्धि: संयुक्त विद्यार्थी संगठनद्वारा संघर्षका कार्यक्रम घोषणा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ कार्तिक २५, बिहिबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

कात्तिक २५,काठमाडौँ । नेपाल आयल निगमले १२ दिनकै अन्तरालमा पेट्रोलमा ३ रुपैया, डिजलमा ३ रुपैया, मट्टितेलमा ३ रुपैया, हवाई ईन्धनमा ५ रुपैया र एलापी ग्यासमा ७५ रुपैया मूल्य वृद्धि गरी जनताको आधारभूत आवश्यकता प्रति गैरजिम्मेवार बनेको संयुक्त विद्यार्थी संगठनले बताएको छ । आज एक प्रेस विज्ञप्ती जारी गर्दै यस विषयमा विद्यार्थी संगठनको गम्भीर ध्यानाकर्षण भएको समेत जनाइएको छ । संयुक्त विद्यार्थी संगठनले मुल्य समायोजन भन्ने बाहनामा अन्तराष्ट्रिय बजारमा मुल्य बहदा वढाउने तर घटदा नघटाई आयल निगम लगायतका सरकारी निकायहले चुहावट नियन्त्रण नगरि जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष रुपमा गाँसिएका वस्तुहरुमा मुल्य वृद्धि गर्दै आफ्ना निकाय र भ्रष्ट कर्मचारीको मनोमानिलाइ लुकाउन खोजेको समेत आरोप लगाएको छ । निरन्तर घाटामा देखाएर केवल नाफा निकाल्ने उद्देश्य राखि पटक(पटक मुल्य वृद्धि गर्ने कदमप्रति संयुक्त विद्यार्थी संगठनले खेद व्यक्त समेत गरेको छ ।

संघर्षका कार्यक्रमहरु:
१. कार्तिक २५ गते ४:३० बजे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवलाई ज्ञापनपत्र बुझाउने

२. कार्तिक २६ गते बिहान ९:११ बजे आयल निगमका महाप्रबन्धक लगायत कर्मचारीलाई प्रवेश निषेध तथा घेराउ
३. कार्तिक २८ गते प्रदर्शनी मार्गमा दिउसो २:०० बजे खालि सिलिन्डर प्रदर्शन
४. कार्तिक ३० गते देशभर आयलनिगमको कार्यलयमा कालो ब्यानर राखि बिरोध
५. मङ्सिर २ गते सड़क बहस दिउसो २:०० बजे माईतिघर मण्डला प्रदर्शन

ताजा अपडेट

खोजी गर्नुहोस